मिसिसिपीबाट ६ सय ८० जना आप्रवासी कामदार पक्राउ
न्युयोर्क । अमेरिकाको दक्षिणी राज्य मिसिसिपीबाट ६ सय ८० जना अवैध आप्रवासी कामदार पक्राउ परेका छन् ।
मिसिसिपी राज्यमा सञ्चालित ७ वटा मासु प्रशोधन केन्द्रबाट ६ सय ८० जना ल्याटिनो कामदारलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन अधिकारीहरूले पुष्टि गरेका छन् । कार्यस्थलमा छापा मार्दा यति ठूलो संख्यामा आप्रवासी कामदार पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूलाई आप्रवासन कानून उल्लंघनबारे छानबिनका लागि सैनिक शिविरमा राखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अन्धाधून्ध गोली प्रहारबाट सामूहिक हत्या भएको स्थल टेक्सासको एल पासो भ्रमण गर्नुअघि मात्र विभिन्न मासु प्रशोधन केन्द्रमा छापा मारिएको थियो ।
दक्षिण अमेरिकी मूलका हिस्पानिक समुदाय लक्षित घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिबार टेक्सासमा २२ जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्प स्वयं पनि कठोर आप्रवासन नीतिका लागि परिचित छन् । ट्रम्पले दक्षिण अमेरिकाबाट आउने आप्रवासीलाई ुअपराधीुको संज्ञा दिँदै आएका छन् ।
प्रतिक्रिया