राजनीति

जुम्लामा विद्युतको वैकल्पिक व्यवस्था गरिनेः मन्त्री पुन

हिमालय टिभी
२०७६ साउन २३ गते १०:४५
जुम्लामा विद्युतको वैकल्पिक व्यवस्था गरिनेः मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन दिएको संसदमा जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले वैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो । जुम्लाका सांसद गजेन्द्र महतले अघिल्लो बैठकमा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आफूलाई श्री ३ भनेकोमा भने असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद महतले मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएकोमा आक्रोश व्यक्त गर्दै श्री ३ भन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्