आर्थिक
बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ९३ करोड रुपैयाँ
२०७६ साउन २३ गते १०:३४

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको छ ।
बैंक अफ काठमाण्डूको नाफा आर्थिक वर्ष २०७४–७५ को तुलनामा गत आर्थिक वर्षमा ४६ दशमलव ७ प्रतिशतले बढेको हो ।
८ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रुपैयाँ छ ।
यो बैंकको जगेडामा ४ अर्ब ५५ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा विस्तार बढेको छ ।
बैंकको निक्षेप संकलन ७ दशमलव ८३ प्रतिशत र कर्जा विस्तार ९ दशमलव ०४ प्रतिशत बढेको छ । बैंक अफ काठमाण्डूले ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेको छ भने ७१ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया