समाज
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
२०७६ साउन २३ गते ६:३५

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्ने २८ वर्षीय सुरेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।
अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो। ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
विष्ट कुमारी बैंक डडेल्धुराका सहायक म्यानेजर तथा रेडियो अमरगढी डडेल्धुराका एकाउन्टेन्ट हुनुहुन्थ्यो ।
प्रतिक्रिया