समाज
महाकाली नदीमा पानीको सतह खतराको संकेत पार
२०७६ साउन २१ गते ६:२९
![महाकाली नदीमा पानीको सतह खतराको संकेत पार](https://www.himalayatv.com/wp-content/uploads/2019/08/mahakali.jpg)
कञ्चनपुर । रातिदेखि परेको वर्षाका कारण महाकाली नदीमा पानीको सतहले खतराको संकेत पार गरेको छ ।
कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो । महाकाली नदीमा पानीको बहाव १ लाख २० हजार क्यूसेक पुगेको सहायक प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिनुभयो ।
नदीमा पानीको बहावले खतराको संकेत पार गरेपछि भारतले शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मान्ने गरिन्छ ।
प्रतिक्रिया