समाज
घुस लिँदालिँदै तीन जना कर्मचारी अख्तियारको नियन्त्रणमा
२०७६ साउन २० गते ७:१२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर र कञ्चनपुरबाट तीन जनालाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत चन्दनकुमार अमात्य, मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घुससहित पक्राउ गरेको हो ।
अमात्यलाई उद्योग दर्ताका लागि सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
त्यसैगरी कुँवर र पाण्डेलाई लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको हराएको लालपूर्जा तयार गर्न नापजाँच गरेबापत ८ हजार घुस लिने क्रममा पक्राउ गरेको हो ।
प्रतिक्रिया