समाज
बागलुङमा पहिरोले परेर तीन जनाको मृत्यु, सात जना घाइते
२०७६ साउन २० गते ७:०५

बागलुङ । बागलुङको तमानखोलामा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुरेर ४५ वर्षीया पन्चकुमारी श्रीपाली, ७० वर्षीय असरी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको प्रहरी सहायक निरिक्षक पदम नेपालीले जानकारी दिनुभयो ।
ओमबहादुर श्रीपाली, ४३ की सुनीता श्रीपाली, १६ वर्षका अलिन श्रीपाली, ९ वर्षका राम श्रीपाली र ५ वर्षीय कमल श्रीपाली घाइते भएको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक नेपालीले जानकारी दिनुभयो ।
उनीहरुलाई उपचारका लागि सामुदायिक स्वास्थ्य इकाई लगिएको छ । पहिरोले ९ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया