समाज

बाल सञ्जालकै अध्यक्षबाट दुई बालिका बलात्कृत

हिमालय टिभी
२०७६ साउन २० गते ७:०२
बाल सञ्जालकै अध्यक्षबाट दुई बालिका बलात्कृत

गुल्मी । जिल्ला बाल संजालका अध्यक्षबाटै गुल्मीमा दुई बालिका बलात्कृत भएका छन् ।

जिल्ला बाल संजालका अध्यक्ष मदाने गाउँपालिका ७ का १९ बर्षीय सुमन पन्थीसहितका ३ जनाले गुल्मीमा दुई बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरीले दाबी गरेको छ ।

पन्थीसहित धुर्कोट गाउँपालिका ६ का २५ बर्षीय गाडी चालक सुरज पन्थी र रेनपा ४ का ३२ बर्षीय ओमबहादुर खत्रीले दुई बालिकालाई सामुहिक बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिनुभयो ।

आरोपित तीन जनालाई अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ । सुमनकै नेतृत्वमा दुई बर्षअघि मदाने गाउँपालिका वडा नं ७ भनभनेलाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्