समाज

राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान सार्वजनिक

हिमालय टिभी
२०७६ साउन २० गते ६:५८
राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान सार्वजनिक

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ।

अर्थमन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो।

राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको छ। नयाँ तलबमान अनुसार मुख्यसचिव, प्रधानसेनापतिको तलब ६९ हजार ४ सय ८२ रहेको छ।

प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ रहेको छ। त्यस्तै विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय १५ कायम गरिएको छ। तलबमान अनुसारप्रथम तहको माध्यमिक शिक्षकले मासिक ५६ हजार ८ सय ५४ पाउने छन्।

कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ। सबै राष्ट्रसेवक कर्मचारीले बढेको तलब यही साउन महिनादेखि पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्