आर्थिक

सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

हिमालय टिभी
२०७६ साउन १९ गते ७:४४
सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनु भएको छ ।

ललितपुरमा आजबाट शुरु व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहे पनि उत्साहजनक नरहेको बताउनुभयो ।

उहाँले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई प्राथिमकतामा राखेको स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको उल्लेख गर्दै पारदर्शी प्रतिस्पर्धा, व्यवसायिक वातावरण र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न पनि करको दायरा बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *