समाज

जिससविरुद्ध सांसदले दिए जिल्ला प्रशासनमा उजुरी

हिमालय टिभी
२०७६ साउन १९ गते ६:३५
जिससविरुद्ध सांसदले दिए जिल्ला प्रशासनमा उजुरी

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सांसद मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ ।

प्रदेश १ का अर्थ समितिका सभापतिसमेत रहेका प्रदेशसभा सांसद खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुनुहुन्छ ।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्यको राहत सामग्री जि समन्वय समितिले मनपरी ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको खड्काले बताउनुभयो ।

श्रेष्ठले आफू आबद्ध दल नेपाली काङ्ग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौँको राहत सामग्री आफूखुशी वितरण गरेको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ ।

उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानबिन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्