आर्थिक

अवरुद्ध वीरगंज श्रीसिया सुक्खा बन्दरगाह संचालनमा

हिमालय टिभी
२०७६ साउन १९ गते ६:३३
अवरुद्ध वीरगंज श्रीसिया सुक्खा बन्दरगाह संचालनमा

पर्सा । एजेन्ट सहयोगीहरूको आन्दोलनका कारण दुई दिनदेखि अवरुद्ध वीरगंज श्रीसिया सुक्खा बन्दरगाह आजदेखि सञ्चालनमा आएको छ ।

दुई दिनको अवरोध हटेपछि ड्राइपोर्ट सञ्चालनमा आएको सञ्चालक कम्पनी हिमालयन टर्मिनल प्रालिले जनाएको छ । सञ्चालक र भन्सार एजेन्टबीचको विवादबारे लिखित सहमति भएपछि एजेन्ट सहयोगीहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किएका हुन् ।

टर्मिनलले प्रभावकारी सेवा नदिएको आरोप लगाउँदै बिहीवारदेखि एजेन्ट सहयोगीहरू हडतालमा उत्रेका थिए ।

करीब १५ वर्षअघि सञ्चालनमा आएको ड्राइपोर्टमा दिनहुँ कन्टेनर र फलामको कार्गो आउनेक्रम बढेपनि सञ्चालक कम्पनी र नेपाल सरकारले भौतिक पूर्वाधार विकासमा चासो नदिएको तर व्यवसायीसँग पार्किङ र अन्य शूल्क जबरजस्ती असुल्ने काम मात्र गरेको एजेन्टहरूले आरोप लगाएका छन् ।

दुई दिनसम्मको हड्तालले बन्दरगाहमा २ हजारभन्दा बढी कन्टेनर थुप्रिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *