समाज
जनावरलाई हानेको गोली लागेर डोटीमा एक जनाको मृत्यु
२०७६ साउन १९ गते ६:३०

डोटी । जंगली जनावर भगाउन हानेको गोली लागेर डोटीमा गएराति एक जनाको मृत्यु भएको छ।
आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावनका ५० वर्षीय जङ्गे भुलले चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
लुहारको टाउकोमा गोली लागेको थियो। स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै भुलले भरुवा बन्दुक चलाउँदा लुहारको टाउकोमा गोली लागेको स्थानीयले बताएका छन्को । गोली चलाउने भुल र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया