समाज
तीन दिनसम्म देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना
२०७६ साउन १९ गते ६:२७
काठमाडौं । नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केहिभाग भने सामान्य बदलीमात्र रहनेछ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ ।
आज बिहानै काठमाडौंका विभिन्न भागमा पानी परेको छ भने अन्य ठाउँमा पनि वर्षाको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ । एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालको भनाइ छ ।
प्रतिक्रिया