राजनीति
दुबई भ्रमण पूरा गरेर अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
२०७६ साउन १९ गते ६:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनु भएको छ ।
दुबईको पाँच दिने पारीवारिक भ्रमण पूरा गरी उहाँ गएराती १२ बजे स्वदेश फर्कनु भएको हो । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेणु र गंगा दाहालसहित साउन १४ गते युएई जानु भएको थियो ।
सीता लामो समयदेखि बिरामी हुनुहुन्छ। अध्यक्ष प्रचण्डले सीताको सिंगापुरमा लामो उपचार गराउनु भएको थियो । त्यसपछि नेपालमै पनि उहाँको प्राकृतिक उपचार गरिएको थियो।
सीतामा प्रेसर, सुगर लगायतका समस्या छन्। ५ दिनसम्म युएई भ्रमणका क्रममा प्रचण्डले त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट पनि गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया