समाज

दोलखाको जुँगू–१ मा पहिरोले दश घर बगायो, दुई जना बेपत्ता

हिमालय टिभी
२०७६ साउन १८ गते ७:००
दोलखाको जुँगू–१ मा पहिरोले दश घर बगायो, दुई जना बेपत्ता

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खस्दा १० घर पुरिएका छन् ।

पहिरोका कारण १० घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने ११ घरमा बस्न नमिल्ने गरी क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । घटनामा दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए । तर भाग्ने क्रममा दुई जना भने सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेत्ता भएका छन् । अहिले घटनास्थलमा स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि खटिएका छन् । राहतका सामग्री लिएर उद्दारकर्मी घटनास्थल गएको रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्