आर्थिक

चिनियाँ कम्पनीलाई ‘औद्योगिक पार्क’ निर्माणको डीपीआर तयारीको जिम्मा

हिमालय टिभी
२०७६ साउन १८ गते ६:४६
चिनियाँ कम्पनीलाई ‘औद्योगिक पार्क’ निर्माणको डीपीआर तयारीको जिम्मा

काठमाडौं । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर( तयार पार्ने अनुमति दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो ।

६४ अर्व नेपाली रुपैँयामा निर्माण गर्ने सो पार्कको डिपीआर तयार पार्ने स्वीकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *