समाज
कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार
२०७६ साउन १६ गते १०:३९
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा समाजवादी पार्टी नेपालका स्थानीय नेता रामनयन यादवमाथि गोली प्रहार गरेको छ ।
यादवमाथि आज दिउँसो गोली प्रहार भएको प्रदेश ५ का प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिनुभयो उहाँका पाखुरामा गोली लागेर घाइते भएका यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।
समाजवादी पार्टीका गाउँपालिकाका नेता यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बन्नु भएको थियो । यादवलाई गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया