राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गर्नु भएको छ ।
काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई अपिल गर्नुभएको हो ।
सरकारले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी भन्सार नीति ल्याएको दाबी गर्दै मन्त्री खतिवडाले सुविधा सदुपयोग गरेर अघि बढ्न पनि ध्यानाकर्षण गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले चोरी, पैठारी नियन्त्रण गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराउनुभयो । भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्नु चुनौती बनेको बताउनुभयो ।
महानिर्देशक दंगालका अनुसार देशका मुख्यमुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक कारोवार बैंक मार्फत भैरहेको छ ।
प्रतिक्रिया