समाज

विप्लव समूहद्वारा विभिन्न स्थानमा एनसेल टावरमा आगजनी र विष्फोट

हिमालय टिभी
२०७६ साउन १६ गते ६:३६
विप्लव समूहद्वारा विभिन्न स्थानमा एनसेल टावरमा आगजनी र विष्फोट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न ठाउँमा रहेका एन सेलका टावरमा आगजनी र विष्फोट गराएको छ ।

विप्लव समूहका कार्यकर्ताले देशका एक दर्जन टावरमा आगजनी र विष्फोट गराएका हुन् । उनीहरुले ललितपुर, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलबस्तु, डडेल्धुरा र कैलालीमा रहेका एन सेलका टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

झापा र धादिङका टावरमा बम विष्फोट गराइएको प्रहरीको भनाई छ । एनसेलले सरकारलाई कर छलि गरेको आरोपमा विप्लव समूहले उसका टावरमा निसाना बनाइरहेको छ ।

विप्लव समूहले एनसेलका टावरमा निसाना बनाइरहेका बेला अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानमा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ ।

गएराती साढे ९ बजे तिर सुरक्षा गार्ड खाना खान गएको बेलामा टावरमा मट्टितेल खन्याएर आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ । व्यक्तिगत रिसइवीका कारण टावरमा आगजनी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय खेमराज न्यौपानेलाई पक्राउ गरेको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको टेलिकमले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्