राजनीति

विपक्षीले संसदीय प्रणाली कमजोर बनाउन खोजेः उपनेता नेम्वाङ

हिमालय टिभी
२०७६ साउन १५ गते ११:२९
विपक्षीले संसदीय प्रणाली कमजोर बनाउन खोजेः उपनेता नेम्वाङ

काठमाडौं । सत्तारुढ नेकपाले प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय प्रणाली कमजोर बनाउन खोजेको आरोप लगाएको छ ।

कांग्रेस र राजपाले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि संचार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेसको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सर्लाही घट्नाबारे संसदको राज्य व्यवस्था समितिले छानविन गरिरहेकाले संसदीय छानविन समिति बनाउन नमिल्ने नेकपाको तर्क छ ।

सर्लाही घट्नाको संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग गर्दै कांग्रेस र राजपाले संसदमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्