समाज

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

हिमालय टिभी
२०७६ साउन १५ गते ११:११
योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त हुनुभएको छ ।

भट्टराईले बुधबार चार बजे राष्ट्रपति कार्यालयमा शपथ लिनुभयो । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको पाँच महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

ओलीले चुनावी भाषणकै क्रममा ताप्लेजुङका मतदातासँग जिताएर पठाउन अपील गर्दै भट्टराईलाई मन्त्री बनाउने बचन दिनुभएको थियो । तर ओलीले सरकारको नेतृत्व गरेर मन्त्रिपरिषद गठन गर्दा भट्टराई नपरेपछि ओलीको बचनबारे व्यापक टिकाटिप्पणी भएको थियो ।

भट्टराई पार्टीभित्र ओलीका आलोचक मानिनुहुन्छ र आलोचना गरेकै कारण भट्टराईलाई मन्त्री नबनाएको भनेर पार्टीभित्रैबाट टिप्पणी भएको थियो ।

पहिलोपटक जनप्रतिनिधि बनेका भट्टराई पहिलो पटक मन्त्री हुनुभएको हो । भट्टराई २०६४ सालमा काठमाडौं ६ र २०७० क्षेत्र नम्बर ५ बाट पराजित हुनुभएको थियो ।

भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उहाँ भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईका कान्छा छोरा हुनुहुन्छ ।

२०३७ सालदेखि विद्यार्थी जीवनमै बामपन्थी राजनीति थालेका भट्टराई २०५३ सालमा अनेरास्ववियूको अध्यक्ष बन्नुभएको थियो । ०५४ सालमा महाकाली सन्धि विवादमा पार्टी फूटेपछि उहाँ वामदेव गौतमसँगै मालेमा लाग्नुभयो ।

तर पार्टी एकता भएपछि माधवकुमार नेपाल समूहमा लागेका भट्टराई तत्कालीन एमालेको सचिव हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्