खेलकूद

मेस्सीमाथि रात्री क्लबमा आक्रमणको प्रयास

हिमालय टिभी
२०७६ साउन १५ गते ६:४९
मेस्सीमाथि रात्री क्लबमा आक्रमणको प्रयास

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीमाथि स्पेनी आइल्यान्ड इबिजाको एक रात्री क्लबमा आक्रमणको प्रयास भएको छ ।

यद्यपि सो घटनामा उनी सुरक्षित छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा मेस्सीलाई क्लबका सुरक्षा गार्डले स्कर्टिङ गरी सुरक्षित स्थलतर्फ लगेको देखिएको छ ।

त्यसअघि क्लबमा मादक पदार्थ सेवन गरेका केही युवाले मेस्सीसँग झगडा गर्ने प्रयास गरेको देखिएको छ ।

क्लबका सुरक्षा गार्डको सावधानीका कारण मेस्सी सुरक्षित देखिएका छन् । मेस्सी स्पेनी घरेलु सिजन सुरु हुनुअघि बिदा मनाउन आफ्ना सहकर्मी र परिवारसँगै इबिजामा रहेका छन् ।

सोही क्रममा उनी आफ्ना सहकर्मीसँगै रात्रिक्लबमा पुगेका थिए । त्यहाँ मेस्सीसँगै उनकी श्रीमती तथा सहकर्मीहरु लुइस स्वारेज, सेस फाब्रिगासलगायत देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्