नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विष्फोट र आगजनी

काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेको छ ।
नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा गएराति गराइएको बम विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बताउनुभयो ।
बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
त्यसैगरी, रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।
विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुईवटा गाडी जलाएका छन् ।
मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नम्बरको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया