राजनीति

कांग्रेसमा अन्तरिम संरचना गठनको विषय पेचिलो बन्दै

हिमालय टिभी
२०७६ साउन १४ गते १२:३६
कांग्रेसमा अन्तरिम संरचना गठनको विषय पेचिलो बन्दै

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा अन्तरिम संरचना गठनको विषय पेचिलो बन्दै गएको छ ।

संस्थापन पक्षीय नेताहरुले सहमतिमा अन्तरिम संरचना गठन गरेर आगामी महाधिवेशनको तयारीमा जुट्नुपर्ने धारणा बैठकमा राखेपछि संस्थापन बाहेकका नेताहरु छुट्टै छलफलमा जुटेको हुन् ।

मंगलबार दिउँसो १ बजेबाट बोलाइएको केन्द्रीय कार्यसमिति बैठक शुरु हुनु अगावै इतर समूहका नेताहरुले चाक्सीबारीस्थित केन्द्रीय सदस्य प्रकाशमान सिंहको घरमा छलफल गरेका थिए ।

केन्द्रीय कार्यसमिति बैठकमा सस्थापन इतरका नेताहरुले अन्तरिम संरचना गठनदेखि आगामी महाधिवेशनका बारेमा समान धारणा बनाएर प्रस्तुत हुने निष्कर्ष निकालेका पछि अन्तरिम संरचना गठन पेचिलो बनेको हो । तर सस्थापन पक्ष भने पहिले विधान अनुसार अन्तरिम संरचना गठन हुनु पर्ने पक्षमा छ ।

केन्द्रीय कार्यसमिति बैठकमा आउनुपूर्व भएको चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका संस्थापन इतर समूहका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्