राजनीति
युक्तप्रसाद श्रेष्ठको हत्या भएको कांग्रेसको आशंका, छानविन गर्न माग
२०७६ साउन १४ गते ११:५७
काठमाडौं । नेपाली कांग्रेसले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठको हत्या भएको हुन सक्ने आशंका गर्दै छानवीनको माग गरेको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले छानविनको माग गर्नुभयो । ठूला मान्छे जोगाउन श्रेष्ठको हत्या भएको हुन सक्ने कँडेलको आशंका छ ।
प्रहरीका अनुसार डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा श्रेष्ठले तीन दिनअघि माछा पोखरीको हिमालय सिटी सेन्टरबाट हाम्फालेर आत्महत्या गरेका थिए । तर कांग्रेसले यसमा गम्भीर आशंका व्यक्त गरेको छ ।
प्रतिक्रिया