राजनीति

प्रदेश २ मा छुट्टै विपद व्यवस्थापन प्राधिकरण गठन गर्ने मुख्यमन्त्री राउतको घोषणा

हिमालय टिभी
२०७६ साउन १४ गते ११:५०
प्रदेश २ मा छुट्टै विपद व्यवस्थापन प्राधिकरण गठन गर्ने मुख्यमन्त्री राउतको घोषणा

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले वर्षात, गर्मी र हिउँदमा सबैभन्दा बढी प्रदेश(२ नै मारमा पर्ने गरेको भन्दै समस्या समाधान हुनेगरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गर्नुभएको हो ।

डुबान र बाढी पीडितलाई राहतको व्यवस्था गरिदिन माग गर्दै दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका मुख्यमन्त्री राउतको आज यस्तो घोषणा आएको हो ।

काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले प्राधिकरण गठनका लागि ‘विपद व्यवस्थापन ऐन’ तत्काल संशोधन गरेर अघि बढ्ने योजना अघि सार्नु भयो । संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईमा बाढी र डुबान भएको मुख्यमन्त्री राउतको गुनासो छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको कामकार्वाही अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले तत्काल प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्