आर्थिक

ग्लोबल आईएमई बैंकको नाफा गत वर्षभन्दा ३३ प्रतिशत बढ्यो

हिमालय टिभी
२०७६ साउन १४ गते ९:११
ग्लोबल आईएमई बैंकको नाफा गत वर्षभन्दा ३३ प्रतिशत बढ्यो

काठमाडौं । जनता बैंकसँग मर्ज हुने तयारीमा रहेको ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

ग्लोबलको नाफा आर्थिक वर्ष ७५/७६ को तुलनामा ३३ प्रतिशत धेरै हो । दश अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आईएमई बैंकले शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

बैंकको वितरणयोग्य नाफा दुई अर्ब ४२ करोड ९८ लाख छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलनभन्दा कर्जा विस्तारको प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षमा बैंकले कर्जा लगानी २२ दशमलव ६२ प्रतिशतले र निक्षेप संकलन १४ दशमलव ५३ प्रतिशतले मात्र बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *