बाबु आमा ज्यूँदो रहँदासम्म सन्तानले सम्पत्ति दाबी गर्न नपाउने व्यवस्था गर्न प्रस्ताव

काठमाडौं । सांसदहरुले बाबु आमा ज्यूँदो हुँदासम्म सन्तानले सम्पत्तिमाथि हक दावी गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेका छन ।
संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले सन्तानले हकदावी गरेर बाबुआमाको सम्पत्ति लिने कानूनी व्यवस्था तत्काल हटाउन प्रस्ताव गर्नुभयो ।
माग गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले गरिव ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मा लिने गरी सरकारले सबै स्थानीय तहमा अनिवार्य रुपमा ‘वद्धवृद्धा सेवा केन्द्र’ स्थापना गर्नुपर्ने प्रस्ताव सार्नु भयो ।
नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले ज्येष्ठ नागरिकको हितका लागि उनीहरुको आवाज सुनुवाई हुने गरी स्थानीय तहदेखि केन्द्रसम्म ज्येष्ठ नागरिकको प्रतिनिधित्व अनिवार्य गराउनुपर्नेमा जोड दिनुभयो ।
गरिव ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी सरकारले नै लिने व्यवस्था गर्नुपर्ने उहाँको मत छ ।
प्रतिक्रिया