समाज
डेजाभु क्लबका संचालक मनोज श्रेष्ठ पक्राउ
२०७६ साउन १४ गते ८:४४

काठमाडौं । दरबारमार्गको डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
विश्वराम श्रेष्ठसँग सापटी लिएको २ करोड रुपैयाँ तिर्न भनेर मनोजले दिएको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि मनोजविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा उजुरी परेको थियो।
विश्वरामको उजुरीपश्चात् श्रेष्ठ फरार भएका थिए। फरार श्रेष्ठलाई पक्राउ गर्न गत माघ १५ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको थियो। श्रेष्ठलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रतिक्रिया