आर्थिक
एसबीआई बैंकद्वारा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन
२०७६ साउन १४ गते ७:०४

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन आर्थिक वर्ष २०७४–७५ तुलनामा १४ प्रतिशत धेरै हो ।
८ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एसबीआई बैंकले शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८९ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा विस्तार दुवै १६ प्रतिशतको हाराहारीमा बढेको छ । गत आर्थिक वर्षमा बैंकले ८४ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ९७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
प्रतिक्रिया