आर्थिक

ढुवानी सहजीकरणका लागि प्राधिकरण गठनको तयारी

हिमालय टिभी
२०७६ साउन १३ गते ११:२४
ढुवानी सहजीकरणका लागि प्राधिकरण गठनको तयारी

काठमाडौं । सरकारले तेस्रो मुलुकबाट आउने सामान ढुवानीमा सहजीकरणका लागि नेपाल बन्दरगाह प्राधिकरण गठन गर्ने तयारी गरेको छ ।

२५ औं कार्गो दिवसको अवसर पारेर काठमाडौमा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति सचिव केदारबहादुर अधिकारीले प्राधिकरण गठनका लागि मस्यौदा तयार भइरहेको जानकारी दिनुभयो ।

प्राधिकरण गठनपछि सामान आयात निर्यातमा सहज हुने सरकारको विश्वास छ । कार्यक्रममा नेपाल फ्रेट फरवार्डस एसोसिएशनका अध्यक्ष प्रकाश सिंह कार्कीले जलपारवहनका लागि पूर्वाधार निर्माण र बन्दरगाहा सञ्चालन सम्बन्धी चीनसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

विदेशीले दर्ताबिना नै नेपालमा बसेर कार्गो व्यवसाय संचालन गरिरहेकाले त्यसलाई तत्कालै रोक्न पनि अध्यक्ष कार्कीले सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा कार्गो व्यवसायमा संलग्न र सहयोग पुराउने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *