समाज

पीडितलाई न्याय दिन सरकार असफल भएको अधिकारवादी संस्थाहरुको आरोप

हिमालय टिभी
२०७६ साउन १३ गते ११:२१
पीडितलाई न्याय दिन सरकार असफल भएको अधिकारवादी संस्थाहरुको आरोप

काठमाडौं । चारवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन नेपाल सरकार असफल भएको आरोप लगाएको छ ।

एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट आइसीजे, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले दश वर्षे सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने प्रतिवद्धता नेपाल सरकारले पुरा नगरेको आरोप लगाएका हुन ।

संयुक्त विज्ञप्ति निकालेर ती संस्थाले नेपालको संक्रमणकालीन न्यायलाई सम्बोधन गर्ने कार्य सन्तोषजनक नभएको आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नियुक्तिको पारदर्शितामा पनि उनीहरुको प्रश्न छ । यी संस्थाले द्वन्द्वकालका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने वातावरण बनाउन, सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा अहिलेको नियुक्ति प्रक्रिया स्थगित गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्