राजनीति
राप्रपाले तीन महिने ‘गाउँ फर्क’ अभियान संचालन गर्ने
२०७६ साउन १३ गते ७:२५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान चलाउने भएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर संगठन निर्माणका लागि ३ महिने ‘गाऊ फर्क’ अभियान संचालन गर्ने निर्णय गरेको हो ।
आगामी महाधिवेशनलाई समेत ध्यानमा राखेर अरु योजना पनि तय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष कमल थापाले स्थानीय चुनावलाई समेत ध्यानमा राखेर काम गर्न नेताहरुलाई निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया