समाज
बालुवाटार प्रकरणमा मुछिएका पूर्व नासुले गरे आत्महत्या
२०७६ साउन १२ गते १२:५०
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन नायव सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८औं तलाबाट हामफालेर उनले आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेका श्रेष्ठलाई पिपल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
श्रेष्ठको कार्यकालकै समयमा ललिता निवासको जग्गा व्यक्तिका नाममा सार्ने गरी फाइल अगाडि बढाएको आरोप छ ।
यसअघि साउन ३ गते त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया