आर्थिक
कुमारी बैंकले ल्यायो परिवार सुरक्षा खाता
२०७६ साउन १२ गते १०:५१
काठमाडौं । कुमारी बैंकले नयाँ बचत खाता कुमारी परिवार सुरक्षा बचत खाता ल्याएको छ।
नेपालमै पहिलो पटक ल्याइएको यो बचत खाताबाट एक जनाले खाता खोल्दा परिवारका चार सदस्यको स्वतः बीमा हुने प्रावधान छ।
यसका लागि न्युनतम खातामा मौज्जात १० हजार हुनुपर्ने छ। खातावाला दम्पत्तिका लागि १० लाखका दरले २० लाखसम्मको दुर्घटना बीमा समावेश छ।
त्यस्तै परिवारका चारै सदस्यलाई १० प्रकारका घातक रोगहरुको पाँच लाखसम्मको बीमा र चारै सदस्यहरुलाई औषाधोपचार बीमा सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।
१८ वर्षदेखि बैंकिङ सेवा गर्दै आएको कुमारी बैंकका देशभर १०० शाखा र ९१ एटीएम काउन्टर रहेको बैंकले जनाएको छ।
प्रतिक्रिया