प्रदेश ३
प्रेमिका हत्या गरेर फरार लामा पक्राउ
२०७६ साउन १२ गते १०:४५
काठमाडौं । प्रेमिका हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो सीआइबी महाराजगञ्जले पक्राउ गरेको छ ।
काभ्रेको रोशी गाउँपालिका(३ घर भई ललितपुर(२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भई ललितपुरको इमाडोल बस्ने तारा भनिने सुनिता लामाको उनकै कोठामा हत्या गरी फरार भएका थिए ।
मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको विवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका लामालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी मुद्दामा महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया