आर्थिक

रोकिएन नेप्से ओरालो लाग्ने क्रम

हिमालय टिभी
२०७६ साउन १२ गते १०:४३
रोकिएन नेप्से ओरालो लाग्ने क्रम

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि लगातार दोश्रो दिन पनि शेयर बजार नकरात्मक बनेको हो ।

नेप्से आज १७ दशमलव ११ अंकले घटेर १२ सय ५२ दशमलव ८१ अंकमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछिको पहिलो दिन गत बिहीबार शेयर बजार परिसूचक नेप्से १४ दशमलव १५ अंकले घटेको थियो।

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई जबर्जस्ती मर्जरमा लगिने आशामा सस्ता र कमसल बैंकका शेयर किनेका लगानीकर्ता फोर्स मर्जर नहुने भएपछि निराश हुँदा बजार घटेको हो ।

बिहीबारको तुलनामा ६ करोड रुपैयाँले घटेर आज ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *