राजनीति
संसद बैठक अवरुद्ध पार्ने राजपाको चेतावनी
२०७६ साउन १२ गते ९:२६

काठमाडौं । राष्ट्रिय जनता पार्टीले सर्लाही घटना छानविन गर्न संसदीय समिति नबनाए भोलिको संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा राजपा संयोजक राजकिशोर यादवले कुमार पौडेल र सरोजनारायण सिंह मारिएको विषयमा संसदीय छानविन समिति बनाउन दवाब दिनुभएको छ । दुवै जनाको गैर न्यायिक हत्या भएको यादवको दावी छ ।
विप्लव समूहका सर्लाही ईन्चार्ज कुमार पौडेल र सर्लाहीको ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो । कांग्रेस र राजपाले दुवै घटनाको संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया