आज नेपालमा पनि हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै
काठमाडौं । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर मनाउन थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र दिवस मनाउन थालिएको हो ।
नेपालमा भाइरल हेपाटाइटिस कलेजो रोगको महत्वपूर्ण कारकको रूपमा देखिने गरेको छ भने जन्डिसको प्रमुख कारण पनि हेपाटाइटिस नै हो ।
हेपाटाइटिस ई गर्भवती महिलामा चक्रो रूपमा सङ्क्रमित हुने गरेको छ भने कुल सङ्क्रमित मध्ये करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु यही रोगका कारण हुने गरेको छ ।
दश वर्ष भन्दा कम उमेरका बालकलाई हेपाटाइटिस बी सर्यो भने जन्मभर उक्त रोगका जीवाणु हुन सक्ने सम्भावना ९० प्रतिशत रहन्छ ।
संसारभर १४ लाख मानिसको प्रत्येक वर्ष विभिन्न किसिमका हेपाटाइटिसका कारण मृत्यु हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै (डब्लुएचओ) ले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । विभिन्न किसीमका संक्रमण, असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको शिशुमा र सिरिन्जबाट लागु पदार्थ लिनेहरुलाई हेपाइटिस रोग लाग्ने गर्दछ ।
प्रतिक्रिया