समाज

झापामा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुष बढे

हिमालय टिभी
२०७६ साउन ११ गते ९:५८
झापामा सम्बन्ध विच्छेदका लागि निवेदन दिने पुरुष बढे

झापा । नयाँ मुलुकी देवानी संहिता लागू भएपछि झापामा सम्बन्ध विच्छेदका लागि पुरुषले पनि मुद्धा दर्ता गर्ने क्रम बढेको छ ।

नयाँ संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेदको मुद्धा हाल्ने अधिकारी दिएको छ । ०७५ भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता लागू भएपछि अदालतमा पुरुषको तर्फबाट ३ सय ४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

११ महिनाको अवधिमा सम्बन्ध विच्छेद्का जम्मा ८ सय १८ वटा मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कले देखाएको छ । त्यसमध्ये महिलातर्फबाट ५ सय १४ र पुरुषले ३ सय ४ वटा मुद्दा दर्ता गराएका छन् ।

जसमध्ये सम्बन्ध विच्छेदका ४ सय ३ वटा मुद्दा फर्छौट भइसकेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्