राजनीति

स्कुल विभागको जिम्मेवारी लिन नेता खनाल तयार

हिमालय टिभी
२०७६ साउन ९ गते ६:४८
स्कुल विभागको जिम्मेवारी लिन नेता खनाल तयार

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी स्कूल विभागको जिम्मेवारी लिन इच्छुक देखिनु भएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा नेता खनालले स्कूल विभागको जिम्मेवारी लिन तयार रहेको बताउनुभयो ।

ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दावीका कारण नेकपाको स्कूल विभागमा सहमति जुट्न नसकेका बेला नेता खनालले अप्रत्यक्ष दावेदारी पेश गर्नुभएको हो ।

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि खनाललाई स्कूल विभागको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ ।

यसअघि खनाललाई नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिने गरी नेकपाको शीर्ष तहमा सहमति भएको थियो ।

यसैबीच विभागको नेतृत्व टुंगो लगाउन भनेर आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ । स्कूल विभागको विवादकै कारण बैठक स्थगित भएको यो दोस्रो पटक हो । र, बैठक स्थगनलाई वरिष्ठ नेता खनालले रोग भन्नुभएको छ ।

विभागको नेतृत्व टुंगाउने विषयमा सत्तारुढ नेकपाभित्र मतभेद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्