दोर्दी खोलाको बाढीले बगाएका तीन जनाको परिचय खुल्यो, सात बेपत्ता
लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चारमध्ये तीन जनाको परिचय खुलेको छ । सात जना अझै बेपत्ता छन् भने ५ जना घाइते भएका छन् ।
बाढीले बगाएर पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डढेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा र सप्तरीका भुवनेश्वर चौधरीको मृत्यु भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्नुहुन्थ्यो भने र रमेश हेल्पर हुनुहुन्थ्यो । हिजो दिउँसो आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरलाई बगाएको थियो । बेपत्ता र मृत्यु हुने सबै पुरुष हुन् ।
हराइरहेका सात जनाको बिहानैदेखि खोजी कार्य जारी रहेको लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मिलेर खोजी गरिरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया