दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
प्राधिकरणको अध्यक्षबाट दिगम्बर झाले राजीनामा दिएपछि रिक्त पदमा सरकारले खनाललाई खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ संयोजक रहेको समितिसमक्ष १२ जनाले आवेदन दिएकोमा पुरुषोत्तम खनाल, डा। नन्दविक्रम अधिकारी र दीपकराज जोशीको नाम सिफारिस भएको थियो ।
खनालको कार्यकाल आगामी ५ वर्षको हुनेछ । दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक रहेका खनाललाई नै प्राधिकरणको कार्यवाहक अध्यक्ष बनाइएको थियो ।
सरकारले विभिन्न मन्त्रालय मातहत आयोजना संचालन गर्न ९ सय ८९ जनाको दरबन्दी सिर्जना गर्नुका साथै दुई जना सचिवको सरुवा लगायतका निर्णय गरेको छ ।
प्रतिक्रिया