आर्थिक

यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने

हिमालय टिभी
२०७६ साउन ९ गते १३:०९
यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने

पोखरा । यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरमा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले माउण्टेन फ्लाइटसमेत थप गरिएको जानकारी दिएको छ ।

पोखरामा आज पत्रकार सम्मेलन गरि एयरलाइन्सले साउन १६ गतेबाट भैरहवा र भदौ १५ गतेबाट भरतपुर उडान भर्न लागेको जानकारी दिएको हो ।

पोखरा आउने पर्यटकलाई मध्यनजर गदै ‘अन्नपूर्ण एक्सप्रेस’ नाम दिएको माउण्टेन फ्लाइट भने भदौ २९ गते देखि सुरु हुने एयरलायन्सका सिनियर म्यानेजर भिमराज राईले जानकारी दिनुभयो ।

एयरलाइन्सले भैरहवाका लागि अधिकतम ४ हजार ३ सय ५० र भरतपुरका लागि अधिकतम ३ हजार ८ सय भाडा निर्धारण गरेको छ । आधा धण्टाको माउण्टेन फ्लाइटका लागि यात्रुले ८ हजार रुपैयाँ खर्चनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *