राजनीति
कांग्रेसका १४औं महाधिवेशनबारे छलफल सुरु
२०७६ साउन ९ गते १३:०५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनबारे औपचारिक छलफल सुरु भएको छ ।
वर्षाका कारण स्थगित केन्द्रिय समितको बिहीबार शुरु केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसको गत जेठ २२ गतेबाट सुरु भएको केन्द्रीय कार्य समिति बैठकले यसअघि नै पार्टीको नियमावली पारित गरिसकेको छ ।
१४ वटा एजेन्डा तय गरी जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
प्रतिक्रिया