समाज

खेतमा जमेको पानीमा डुब्दा र कुलोले बगाउँदा झापामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७६ साउन ९ गते ८:१४
खेतमा जमेको पानीमा डुब्दा र कुलोले बगाउँदा झापामा दुई जनाको मृत्यु

झापा । झापामा खेतमा जमेको पानीमा डुबेर तथा कुलोले बगाउँदा आज दुई जनाको मृत्यु भएको छ ।

हल्दिवारी गाउँपालिका– १ गोलधापका ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका – ५ का ६८ वर्षीय काजीबहादुर जोशीको मृत्यु भएको हो ।

बिहानै घरबाट निस्किएका बुढाथोकीको घर नजिकैको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमल गाउँपालिका – ५ मा कुलोले बगाएर जोशीको मृत्यु भएको हो । घरबाट गोठ जाने क्रममा चिप्लिएर उनी कुलोमा खसेका थिए । उनको शव पाँच किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्