समाज

काठमाडौंको गौशालाबाट दुई प्रहरी नायव निरीक्षक घुससहित पक्राउ

हिमालय टिभी
२०७६ साउन ९ गते ८:१२
काठमाडौंको गौशालाबाट दुई प्रहरी नायव निरीक्षक घुससहित पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकार घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रमेशबहादुर पाण्डे र राजु स्वर्णकार छन् । सार्वजनिक मुद्दा चाँडै मिलाएर पठाइदिने भन्दै १८ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौशालाबाट पक्राउ गरेको हो ।

उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्