समाज
बैंक ठगीमा संलग्न सात जनासँग जनही २५ लाख धरौटी माग
२०७६ साउन ८ गते १२:३२
बाँके । उच्च अदालत नेपालगन्जको इजलासले बैंक घोटालामा संलग्न ७ जना अभियुक्तसँग जनही २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सिटिजन्स बैंकको नेपालगञ्ज शाखाबाट नक्कली सुनका गहना धितो राखी फर्जी कागज बनाएर ३ करोड २७ लाख रुपैयाँ घोटाला गर्ने ३ जना कर्मचारी र ४ जना व्यवसायीलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
घोटालामा बैंकका प्रवन्धक विवेक स्वाँर, सहायक प्रवन्धक शंकर जोशी, सुनजाँचकी ज्योति सुनुवार तथा व्यापारी ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा र दीपेन्द्र विश्वकर्मा पक्राउ परेका थिए ।
अनियमिततामा संलग्न थप ६ जना व्यापारी भागेका छन् । सबै १३ जनाविरुद्ध उच्च अदालतमा बैकिङ कसुरको मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया