समय सन्दर्भ

निर्माता छविराज र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

हिमालय टिभी
२०७६ साउन ८ गते ११:२२
निर्माता छविराज र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

अब प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्धा दर्ता गर्नुभएको हो ।

तीन वर्ष अघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि मात्रै विवाह दर्ता भएको थियो । केही साताअघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि यो जोडी विवादमा आएको थियो। प्रहरीमा मिलापत्र भएपनि शिल्पाका तर्फबाट सम्बन्ध विच्छेदको प्रकृया अघि बढेको छ ।

श्रीमानसँग अंश लिए पनि संयुक्त परिवारमा बस्दै आएको र सम्बन्ध विच्छेद नभएको पहिलो श्रीमती हेमाको दावी छ। नायिका शिल्पा पोखरेल छवि ओझाको चौथो श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *